माधव नेपालको स्पष्टोक्ति : एमालेसँग अब एकता सम्भव छैन
शुक्रबार काठमाडौंमा पार्टी प्रवेश गरेका पूर्वउपप्रधानमन्त्री बामदेव गौतमलाई स्वागत गर्दै अध्यक्ष नेपालले भने, “अहिलेको बिन्दुमा उभिएर भन्ने हो भने नेकपा एमालेसँग एकताको कुनै सम्भावना छैन। त्यहाँभित्रको अवस्था हामीले देखिरहेका छौं। त्यसप्रति लसपस कसैको छ भने मेरो भन्नु केही पनि छैन।”
