काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको छ। बैठकमा विधान महाधिवेशनमा पेश गरिने दस्तावेजबारे छलफल भइरहेको छ।
नेताहरूका अनुसार बैठकले गएराति सम्पन्न सचिवालय बैठकका निर्णयहरू अनुमोदन गर्नेछ। ती निर्णयहरू आगामी साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिनेछ।
सचिवालय बैठकले एमालेमा ठूला संरचनात्मक फेरबदल गर्ने निर्णय गरेको छ। पदाधिकारीको संख्या १९ बाट घटाएर १५ बनाउने, ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सर्त हटाउने निर्णय गरिएको छ। साथै, सचिवालय समिति पूर्णतः खारेज गरी अब पार्टीमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी मात्र रहनेछ।
१५ सदस्यीय पदाधिकारी समितिलाई नै स्थायी कमिटीको रूपमा मानिनेछ। नयाँ प्रस्तावअनुसार अध्यक्ष, महासचिव, उपमहासचिव, पाँच जना उपाध्यक्ष र सात जना सचिव रहनेछन्।
विधान संशोधन समितिका संयोजक विष्णु पौडेलले प्रारम्भमा ११ पदाधिकारीको प्रस्ताव गरे पनि छलफलपछि १५ मा सहमति जुटेको हो। त्यस्तै, पौडेलले १९९ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरेका थिए, तर छलफलपछि सदस्य संख्या २५१ पुर्याउने सहमति बनेको छ।
केन्द्रीय कमिटीका एक तिहाइ सदस्य पोलिटब्युरोमा रहने प्रस्तावअनुसार नयाँ पोलिटब्युरो ८३ सदस्यीय हुनेछ। हालको पोलिटब्युरोमा ९९ सदस्य छन्, जसलाई नयाँ संरचनाअनुसार परिमार्जन गरिनेछ।
पार्टीको आगामी राष्ट्रिय महाधिवेशनबाट नयाँ संरचना कार्यान्वयनमा ल्याइने तयारी रहेको एमाले स्रोतले जनाएको छ।
नेकपा एमालेको पोलिटब्युरो बैठक आज च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको छ। बैठकमा विधान महाधिवेशनमा पेश गरिने दस्तावेजबारे छलफल भइरहेको छ।
नेताहरूका अनुसार बैठकले गएराति सम्पन्न सचिवालय बैठकका निर्णयहरू अनुमोदन गर्नेछ। ती निर्णयहरू आगामी साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिनेछ।
सचिवालय बैठकले एमालेमा ठूला संरचनात्मक फेरबदल गर्ने निर्णय गरेको छ। पदाधिकारीको संख्या १९ बाट घटाएर १५ बनाउने, ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सर्त हटाउने निर्णय गरिएको छ। साथै, सचिवालय समिति पूर्णतः खारेज गरी अब पार्टीमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी मात्र रहनेछ।
१५ सदस्यीय पदाधिकारी समितिलाई नै स्थायी कमिटीको रूपमा मानिनेछ। नयाँ प्रस्तावअनुसार अध्यक्ष, महासचिव, उपमहासचिव, पाँच जना उपाध्यक्ष र सात जना सचिव रहनेछन्।
विधान संशोधन समितिका संयोजक विष्णु पौडेलले प्रारम्भमा ११ पदाधिकारीको प्रस्ताव गरे पनि छलफलपछि १५ मा सहमति जुटेको हो। त्यस्तै, पौडेलले १९९ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरेका थिए, तर छलफलपछि सदस्य संख्या २५१ पुर्याउने सहमति बनेको छ।
केन्द्रीय कमिटीका एक तिहाइ सदस्य पोलिटब्युरोमा रहने प्रस्तावअनुसार नयाँ पोलिटब्युरो ८३ सदस्यीय हुनेछ। हालको पोलिटब्युरोमा ९९ सदस्य छन्, जसलाई नयाँ संरचनाअनुसार परिमार्जन गरिनेछ।
पार्टीको आगामी राष्ट्रिय महाधिवेशनबाट नयाँ संरचना कार्यान्वयनमा ल्याइने तयारी रहेको एमाले स्रोतले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०८२