काठमाडौं, साउन २७ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संसारभरका युवाहरूलाई शुभकामना दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश दिँदै प्रधानमन्त्री ओलीले सन् १९९९ मा संयुक्त राष्ट्रसंघले अगस्ट १२ लाई युवाहरूको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा घोषणा गरेको स्मरण गराए। उनले पहिलो पटक सन् २००० मा यो दिवस मनाइएको उल्लेख गरे।
ओलीले युवा दिवसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बन्न प्रेरणा दिने विश्वास व्यक्त गरे। “फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सृजनशीलता र सपनामा नै राष्ट्रको भविष्य छ,” ओलीले लेखे, “हाम्रो सकारात्मक सोच, निरन्तर प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउन सकिन्छ।”
प्रकाशित मिति: मंगलबार, साउन २८, २०८२