काठमाडौं । सिनामंगलस्थित एक काठ गोदाममा आगलागी भएको छ । गोदाममा लागेको आगो तीव्र रूपमा फैलिँदै गएपछि छेउछाउका घरहरूमा समेत सल्किन थालेको छ ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आगलागी नियन्त्रणका लागि दमकल घटनास्थलतर्फ परिचालन गरिएको छ । आगो फैलिने जोखिम उच्च रहेकाले सुरक्षाका लागि प्रहरी टोली समेत खटाइएको उनले बताए ।
आगलागी के कारणले भएको हो भन्ने विषयमा हालसम्म खुल्न सकेको छैन । घटनाबाट मानवीय क्षति भएको/नभएको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
आगलागीका कारण स्थानीय बासिन्दामा त्रास फैलिएको छ भने आगो नियन्त्रणमा लिन सुरक्षाकर्मी र दमकल टोलीले प्रयास जारी राखेका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२