काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरिएको छ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गिरीलाई उपाध्यक्षसहित केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाउने निर्णय गरेका हुन्। पार्टीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार उक्त निर्णय पार्टीको आन्तरिक सल्लाहपछि गरिएको हो ।
श्रेष्ठले भने, “अध्यक्ष लिङ्देनको निर्णयअनुसार गिरी अब उपाध्यक्ष तथा केन्द्रीय सदस्य दुवै पदमा रहने छैनन्।” निर्णयको कारणबारे भने औपचारिक रूपमा केही खुलाइएको छैन।