काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा दिपक अर्याललाई नियुक्त गर्नुभएको छ । प्रधानमन्त्तीले कुलपतिको हैसियतले शिक्षामन्त्रीको नेतृत्वमा निर्माण भएको सिफारिस समितिले सिफारिस गरेका तिनजना व्यक्तिहरु मध्येबाट दिपक अर्याललाई उपकुलपति नियुक्त गर्नु भएको हो । समितिले अर्याल सहित खड्ग केसी र विनिल अर्यालको नाम प्रधानमन्त्री समक्ष सिफारिस गरेको थियो । केशरजंग बरालले राजिनामा दिएपछि उपकुलपति हुन १२ जनाले प्रस्तावपत्र पेश गरेका थिए ।
यसअघि त्रिविको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्रमुख रहेका अर्याल आजैबाट विश्वविद्यालयको उपकुलपतिका रुपमा आफ्नो कार्यभार समाल्ने छन् । अर्याल सामु अस्तव्यस्त रहेको त्रिविलाई लयमा फर्काउने चुनौति रहेको छ ।
प्रकाशित मिति: बुधबार, असार २५, २०८२