काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ।
आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्ने उद्देश्यले तीन दिन बिदा प्रस्ताव गरिएको हो। उनले सरकारले आयोगको सिफारिसलाई सकारात्मक रूपमा लिने विश्वास व्यक्त गरे।
यसअघि भएका निर्वाचनहरूमा मतदानको दिन मात्र सार्वजनिक बिदा दिइँदै आएको थियो। तर यसपटक मतदाता सहभागिता बढाउने लक्ष्यसहित अवधि बढाएर तीन दिन बिदा दिन सिफारिस गरिएको आयोगले जनाएको छ।
प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२