काठमाडौं । ग्रेटर नेपाल अभियानका संस्थापक फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
निर्वाचनसम्बन्धी माग राख्दै आयोगको कार्यालय बाहिर ब्यानर प्रदर्शन गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
नेपालले कालापानी क्षेत्रसमेत समेटेर निर्वाचन गराउनुपर्ने माग अघि सारेका थिए। नेपालको आधिकारिक नक्सामा समावेश भइसकेको भूभागलाई निर्वाचन प्रक्रियाबाट बाहिर राख्न नहुने उनको तर्क रहेको छ।
प्रदर्शनका क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२