काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहको बुधबार (भाेली) बाट मधेस झर्ने भएका छन् । पूर्वराजा शाहका प्रेस संयोजक फणि पाठकले मधेस भ्रमणसम्बन्धी कार्यक्रम सार्वजनिक गरेका हुन् ।
उनका अनुसार पूर्वराजाको मधेस भ्रमण फागुन २९ देखि जनकपुरबाट सुरु हुनेछ । भ्रमणका क्रममा उनी सर्लाही, उदयपूर र सप्तरी जिल्लासम्म पुग्ने कार्यतालिका छ ।
२९ गते जनकपुरमा बास बसेर पूर्वराजा शाह फागुन ३० गते सर्लाहीको मलङ्गवा जाने छन् । त्यहाँ उनले दुर्गा मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ । त्यहाँबाट उनी बास बस्न जनकपुर नै फर्किने छन् । यस्तै चैत १ गते उनले जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
जनकपुरबाट उनी चैत २ गते उदयपुरको गाइघाट जाने कार्यक्रम रहेको छ । गाइघाटमा राधाकृष्ण मन्दिरमा पुजापाठ गर्ने कार्यक्रम रहेको छ भने ३ गते सप्तरीको सखडा भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको छ ।
यसअघि गत फागुन २२ गते हुने भनिएको उनको मधेस भ्रमण आमा रत्नको स्वास्थ्यमा समस्या आएपछि स्थगन भएको थियो ।
यो कार्यक्रमअनुसार पनि ज्ञानेन्द्रको जनकपुर केन्द्र बनाएर धनुषा, सर्लाही, उदयपुर र सप्तरीलगायतका जिल्लाहरुमा अवस्थित देवी देवताका मठ मन्दिर तथा शक्तिपीठको दर्शन गर्ने कार्यक्रम तय भएको थियो।
धार्मिक भनिएको पूर्वराजाले शाहको मधेस भ्रमणलाई राजनीतिकवृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५