काठमाडौं । काठमाडौंको मध्यबानेश्वरमा रहेको बहुचर्चित सामुदायिक बिद्यालय श्री रत्नराज्य माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ६४औ वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । शनिवार विद्यालय हाताभित्र सम्पन्न गरिएको वार्षिकोत्सव समारोहमा विद्यालयले हासिल गरेको शैक्षिक तथा सामाजिक उपलब्धी विभिन्न व्यक्तिहरुले चर्चा गरे । २०१८ सालमा स्थापना भएको विद्यालयले ६४ बर्षको आफनो जिवनकालमा वानेश्वर क्षेत्रमा मात्रै होइन सिंगो देशकै लागि शिक्षा क्षेत्रमा अतुलनीय योगदान गर्न सफल भएको छ । प्रौढ शिक्षाबाट सुरुवात भएको, श्री वाणेश्वर महादेवस्थान गुठीको सहयोगमा २०१८ सालमा स्थापना भएको यस विद्यालयले आफ्ना गौरवपूर्ण ६४ बर्ष पार गरेको छ ।
देशभरका सामुदायिक विद्यालयहरुमा अब्बल रहेको यस रत्नराज्य माध्यामिक विद्यालयले आफनो ६४औ वार्षिकोत्सव समारोहमा उत्कृष्ट शिक्षक, कर्मचारीका साथै बर्षभरी उत्कृष्ट रहेका विधार्थीहरुलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरेको छ । ६४औ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उपप्रधानमन्त्ती एंव सहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरमा आगामी दिनमा पनि दत्तचित्त भएर लागिपेर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस अवसरमा उपप्रधानमन्त्री सिंहले ६४ अघि र ६४ पछिको काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को अवस्था तुलना गरेर हेर्न सबैलाई आग्रह समेत गर्नुभयो । आजको दिनमा केही नभएको हल्ला फैलाइएको बताउदै उपप्रधानमन्त्री सिंहले भन्नुभयो : हिजोको र आजको अवस्थामा व्यापक परिवर्तन आएको छ केही भएको छैन भन्नु जनतालाई भ्रम छर्नु मात्रै हो ”।

आफु समाजको उन्नती र सेवाको लागि राजनीतिमा आएको बताउदै उपप्रधानमन्त्री सिंहले सोही कारण यस क्षेत्रको विकासमा सधै लागिरहेको बिचार व्यक्त गर्नु भयो । रत्नराज्य लगायत यस क्षेत्रका सबै विद्यालयको अवस्था सुधार भएको बताउदै उहाँले भन्नुभयो : यसका लागि आफुहरुसंगै विद्यालयको सम्पूर्ण परिवारको अथक मेहनत रहेको छ ”।
६४औ वार्षिकोत्सव समारोहमा वागमती प्रदेशका सदस्य दिपेन्द्र श्रेष्ठले रत्नराज्य मावीको श्रीबृद्धिमा आफु सधै विद्यालय परिवारसंगै रहेको बताउनु भयो । उहाँले विद्यालयको आबस्यक्ता अनुसार विज्ञान ल्याव देखि आइसिटी ल्याव बनाउन आफुले भुमिका खेलेको स्मरण गर्दै आगामी दिनमा पनि विद्यालयको हितमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वार्षिकोत्सव समारोहमा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले ६४ बर्षको अनवरत यात्रामा यस विद्यालयमा कैयन अग्रजहरुको पसिना बगेको स्मरण गर्दै अग्रजलाई सम्मान गर्ने र भविस्यलाई टेवा पुरयाउने कुरामा विद्यालय परिवार लागिरहेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले अग्रजले सुरु गरेको पवित्र अभियानमा सबै एकजुट भएर लागे विद्यालयले आफ्नो गौरवपूर्ण इतिहास दोहोरयाउन सक्ने बताउनु भयो ।

६४औ बार्षिकोत्सवमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सकुन्दराज अर्यालले विद्यालयको आजको अबस्था आउनुमा धेरै ज्ञात अज्ञात अग्रजहरुको देन रहेको बताउनु भयो । वानेश्वर क्षेत्रका अग्रजहरुको पवित्र उदेश्यमा सबैले साथ दिएकै कारण विद्यालय आजको अवस्थामा पुगेको बताउदै आगामी दिनमा पनि विद्यालयको उत्थानमा सबैको साथको अपेक्षा गरेको अर्यालको भनाई थियो । भुकम्प पछिको पुनर्निर्माण पछि आधुनिक संरचन बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै फेरि विद्यालयलाई देशकै अब्बल बनाउन सबैको साथ चाहिने अर्यालले बताउनु भयो ।

६४औ वार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक रामाशिष यादवले विद्यालयको वार्षिक प्रगती विवरण पेश गर्नुभयो । उहाँले आफ्नो कार्यकाल लगत्तै कोरोना महामारी बेहोर्नु परेको स्मरण गर्दै त्यस्तो बेलामा पनि बैकल्पिक विधिद्धारा विद्यालयको शैक्षिक वातावरण कायम राख्न सकेकोमा सन्तुष्टी व्यक्त गर्नुभयो । विद्यालयलाई भौतिक तथा शैक्षिक दृष्टीकोणमा सुविधा सम्पन्न बनाउन विभिन्न समयमा योगदान गर्ने हरुलाई सम्झीदै प्रधानाध्यापक यादवले भन्नुभयो : हामी कहिल्यै एक्लै छैनौ र आगामी दिनमा पनि एक्लै हुने छैनौ”। यादवले आजको दिनमा पनि रत्नराज्य मावी देशभरीका विद्यार्थीहरुको रोजाईमा पर्न सफल भएको बताउदै ७७ जिल्ला मात्रै होइन भारतका ३ जिल्लाका बिधार्थी समेत रत्नराज्यमा अध्ययन गरिरहेको त्यस अवसरमा जानकारी दिनुभयो । वार्षिकोत्सव समारोहमा वर्षभरी उत्कृष्ट रहेका विधार्थी तथा शिक्षक कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २७, २०८२