नवलपरासी : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले देशमा बढदै गरेको चोरी तस्करी नियन्त्रण गर्न र अपराधिक क्रियाकलाप रोक्न एक ठोस रणनिति अपनाएर अगाडी बढि रहेको बताएका छन्।
पश्चिमी नवलपरासीस्थित प्रहरी युक्ति तालिम महाविद्यालय जर्गहाको कार्यालय भवन उद्दघाटन गर्न पुगेको प्रहरी महानिरिक्षक खनालले गुण्डा र अपराधीहरुलाई तह लगाएरै छाडने बताए । अपराधी तथा तस्करलाई साथ दिने र गलत कार्य गर्ने प्रहरीलाई पनि कानुन बमोजिम कार्वाही गर्ने भन्दै देशमा शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन नेपाल प्रहरी लागि परेको बताए ।
खनालले देशमा गुण्डागर्दी समाप्त पार्ने र अपराधीहरुलाई कानुनी दायरामा ल्याउन विभिन्न रणनीति अप्नाएर काम गरिरहेको समेत जानकारी दिए ।
नवलपरासीको सुनवल नगरपालिका ११ जर्गहामा रहेको प्रहरी युक्ति तालिम महाविद्यालयको नव निर्मित कार्यालय भवनको रिबन काटेर उद्दघाटन पनि गरेका थिए । प्रहरी तालिम महाविद्यालयले २ करोड ८४ लाख ४१ हजार ५४२ रुपैयाँमा ३ तल्ले २४ कोठे भवनको निर्माण गरेको हो ।
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५