काठमाडौं ः रिपोर्टर्स क्लब नेपालका अध्यक्ष एवम् पत्रकार ऋषि धमला सवार कार दुर्घटनामा भएको छ । लाजिम्पाटस्थित घरबाट रेडियो कार्यक्रमका लागि अनामनगर जाने क्रममा लैनचौरमा दुर्घटनामा परेको हो ।
आज बिहान करिब ५:३० बजे विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल धमलाको कारमा ठोक्किएर सो दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक र कार चालक गम्भीर घाइते भएका छन् भने धमला सामान्य घाइते भएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्तले जानकारी दिए । घाइतेलाई अस्पताल भर्ना गरिएको छ । एसएसपी पन्तका अनुसार दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५