काठमाडाैं : नेपाली काङ्ग्रेसका युवा नेता एवम् सांसद डा. अमरेशकुमार सिंहले विवाह गरेका छन् । केही सीमित व्यक्तिहरूको उपस्थितिमा आज बिहान ललितपुरको बगलामुखी मन्दिरमा उनले विधिपूर्वक विवाह गरेका हुन् ।
सर्लाही मूलघर भएका सिंहले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्ने कञ्चनपुरकी लक्ष्मी जोशीसँग लगनगाँठो कसेका हुन्। जोशीको पारिवारिक जीवन सफल नभएपछि कानूनी रूपले सम्बन्ध बिच्छेद गरेकी लक्ष्मी र अमरेश सिंहबीच केही वर्षअघि चिनजान भएकाे थियाे ।
सांसद अमरेशकाे यसअघि २०६४ सालमा झापाकी एक युवतीसँग विवाह भए पनि सम्बन्धमा खटपट आएपछि २०६७ सालमा सम्बन्ध बिच्छेद गरेर एकल जीवन बिताउँदै आएका थिए ।
तस्वीर स्राेत : घटना र विचार डट कम
प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५