काठमाडौं ः वसुन्धारा स्थित वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शुक्रबार साँझ बम विष्फाेट भएको छ । उक्त विष्फाेटमा परी ४ जना घाइते भएका छन् ।
विस्वफोटपछि आगलागी हुँदा गुरुङको घरको पार्किङ स्थलमा राखिएको गाडी पूर्णरूपले जलेको छ भने घरको दुई तलामाथिसम्म क्षति पुगेको छ ।विष्फाेटबाट नजिकका घरमा समेत क्षति भएको छ । गुरुङले दिनभर गाडी मूल गेटभित्र ग्यारेजमै रहेको बताएका छन् ।
उक्त घटनामा ममता गौतम र दिवाकर गुरुङ घाइते भएका छन् भने अन्य २ जनाको नाम खुल्न सकेको छैन । विष्फाेट कसले गराएको भन्ने पहिचान हुन सकेको छैन । प्रहरीले भने नेकपा विप्लव समूहले उक्त विष्फाेट गराएको हुन सक्ने आशंका गरेको छ । गत फागुन १० गते ललितपुरको नक्खुस्थित एनसेलको मुख्य कार्यालयमा बम विष्फाेट हुँदा १ जनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए ।
प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५