काठमाडौं । सशस्त्र प्रहरी बलले तीन हजार २९७ नयाँ पदमा नयाँ भर्ना खुला गरेको छ ।
साधारण समूहअन्तर्गत रिक्त रहेका यी पदमा नयाँ भर्ना आवेदन खुलाएको हो । आवेदकले आगामी चैत्र २४ गतेसम्म आवेदन दिन सक्नेछन् । जसका लागि विभिन्न ५५ स्थानबाट आवेदन दिन सकिने छ ।
आगामी २०७६ साल बैशाख ३ गते परीक्षा संचालन गर्ने शुक्रबार जारी सूचनामा उल्लेख गरिएको छ ।
आवेदन दिन कम्तीमा आठ कक्षा उत्तीर्ण, पुरुष पाँच फिट दुई इन्च र महिला पाँच फिट हुनु पर्ने छ भने पुरुष न्यूनतम ५० केजी र महिला न्यूनतम ४२ केजी तौल भएको हुनुपर्नेछ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५