काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।
नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो।
नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानु पर्ने भए पनि समय नमिलेकाले प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गर्न लागिएको हो । ‘यो वर्ष उहाँको नियमित चेकअप गर्नै पर्ने थियो तर व्ययस्ताले बाहिर जान सम्भव भएन। त्यसैले त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गर्न लागिएको हो,’ प्रधानमन्त्रीको निजी चिकित्सक डाक्टर दिव्या सिंहले भनिन्, ‘रगतको नमूना लिने र एक्सरे गर्ने काम भइरहेको छ। उहाँको फुल बडी चेकअप गरेर मात्र अस्पतालबाट पठाउँछौंँ।’
ओलीकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे अस्पतालले विज्ञप्तिमार्फत जनाएकाे छ ।

प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५