काठमाडाैं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वसांसद गणेश पण्डितको हृदयघातबाट निधन भएको छ ।
पण्डितको हृदयघातपछि उपचारका लागि काठमाडाै ल्याउँदै गर्दा मंगलवार बाटोमै निधन भएको नेकपाले जनाएको छ ।
आइतबार मात्र भरतमोहन अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएर फर्किएका ७२ वर्षीय पण्डितको नुवाकोटको कविलास महादेव मन्दिरको गुफामा जाने क्रममा हृदयघात भएको हाे ।
पण्डित २०४८ सालको निर्वाचनमा नुवाकोटबाट कांग्रेस नेता रामशरण महतलाई पराजित गरी सांसद बनेका थिए ।
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५