२ चैत, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीका अध्यक्ष शशांक मनोहरले राजीनामा दिएका छन् । अध्यक्षमा नियुक्ति पाएको ८ महिना पछि व्यक्तिगत कारण देखाउँदै उनले राजीनामा दिएका हुन् । सन् २०१६ को मे महिनामा मनोहर आइसीसीको इतिहासमा पहिलो पटक स्वतन्त्र अध्यक्षको रुपमा निर्वा्चित भएका थिए, जो कुनैपछि सदस्य राष्ट्रसँग सम्बन्धित थिएनन् । सन् २०१४ मा स्थापना भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड, क्रिकेट अष्ट्रेलिया र इंग्लिस क्रिकेट बोर्ड सम्मिलित ‘द बिग थर्ड’ को संरचनाबाट पछाडि हट्ने निर्णयमा मनोहरको प्रमुख भूमिका थियो ।
प्रकाशित मिति: मंगलबार, चैत १, २०७३