Shree Hari Self Realization Foundation र Rotaract Club of Bhaktapur को संयुक्त आयोजनामा भक्तपुरस्थित Mount Valley School को सभाहलमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमका प्रमुख प्रस्तोता तथा फाउन्डेसनका संस्थापक अध्यक्ष चन्द्रहरी कायस्थले सहभागी युवाहरूलाई ध्यान तथा साउन्ड हिलिङमार्फत मानसिक शान्तिको प्रत्यक्ष अनुभूति गराउनुभयो। २६ भन्दा बढी वैकल्पिक उपचार विधामा अनुभव राख्ने उहाँले ध्वनि तरङ्ग र गहिरो विश्राम प्रक्रियाले मानसिक स्पष्टता, भावनात्मक सन्तुलन र आन्तरिक आनन्द प्राप्त गर्न सहयोग पुग्ने बताउनुभयो।
उहाँका अनुसार, “एक विश्व, एक आध्यात्मिक परिवार” को अवधारणा अन्तर्गत सबैलाई स्वस्थ, सचेत र प्रेमपूर्ण जीवनशैलीतर्फ प्रेरित गर्नु नै अभियानको मूल उद्देश्य हो।
कार्यक्रमका आयोजक पक्षका अध्यक्ष रवि गोर्खालीले आजका युवाहरूमा बढ्दो अनिद्रा, तनाव, डिप्रेसन तथा भावनात्मक अस्थिरता न्यूनीकरण गर्न यस्ता सचेतनामूलक तथा उपचारात्मक सत्रहरू आवश्यक रहेको धारणा राख्नुभयो।
सत्रमा सहभागी युवाहरूले साउन्ड हिलिङपछि आफूलाई निकै हलुका, शान्त र ऊर्जावान महसुस भएको प्रतिक्रिया दिएका थिए।
त्यसैगरी, फाउन्डेसनका कोषाध्यक्ष राजेन्द्र कुमार शाक्य र सल्लाहकार विकासदेव योञ्जन लामाले यस्ता कार्यक्रम विद्यालय र समुदायस्तरमा विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो।
आयोजकका अनुसार, आगामी दिनमा पनि युवामैत्री मानसिक स्वास्थ्य र आध्यात्मिक चेतना प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिइनेछ।