काठमाडौं : दुर्घटना भएको हेलिकोप्टरको उद्धारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हेलिकोप्टर दुर्घटनास्थलतर्फ पठाएको छ। त्रिभुवन विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार उद्धारको काम तीव्र पारिएको छ । खराब मौसम र विकट भौगोलिक अवस्थाका कारण उद्धार कार्यमा समस्या भइरहेको बताइएको छ ।
खराब मौसमका कारण हेलिकोप्टर अवतरण गर्न नसकेको र आकाशमा घुमिरहेको देखिएको फुङलिङ नगरपालिकाका स्थानीयहरूले बताएका छन् ।
फुङलिङ नगरपालिका सिस्नेस्थित एक विद्यालयका प्रधानाध्यापक महेश निरौलाका अनुसार आकाशमा हेलिकाेप्टर घुमिरहेकाे र अवतरण हुन नसकिरहेकाे थियो ।
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५