प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले विशेष अदालतमा कार्यरत तीन न्यायाधीशहरु चण्डीराज ढकाल, रत्नबहादुर बागचन्द र नारायण पोखरेलको सरुवा गरेका छन्।
न्यायपरिषद्को सहमतिमा प्रधानन्यायाधीश राणाले भ्रष्टाचारको मुद्दा हेर्ने तीन न्यायाधीशलाई सरुवा गरेको न्यायपरिषद्ले जनाएको छ । ढकाल र बागचन्दलाई जुम्लामा सरुवा गरिएको छ भने पोखरेललाई राजविराज सरुवा भएका छन्।
उनीहरुले न्याय सम्पादनका क्रममा बिचौलियासँग भेटेकोजस्ता उजुरी प्रधानन्यायाधीश राणासमक्ष परेपछि उनीहरुको अन्य उच्च अदालतमा सरुवा गरिएको बताइएको छ ।
प्रधानन्यायाधीशको नेतृत्व सम्हालेलगत्तै राणाले आक्रामक रुपमा न्यायालय सुधार गर्ने भन्दै न्यायाधीशहरुको सरुवा र छानबिन गरिरहेका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५