विराटनगर ः वरिष्ठ भाषाशास्त्री एवं साहित्यकार प्रा. बालकृष्ण पोखरेलको ८५ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा गए राती १:३० बजे विराटनगरको नोबेल अस्पतालमा निधन भएको हो ।
एक महिनाअघि अचानक मस्तिष्कघात भएपछि उनको कहिले भारतको सिलिगुडी, कहिले काठमाडौं, कहिले विराटनगरको अस्पतालमा उपचार भइरहेको थियो |
लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको औषधि सेवन गरिरहेका प्राध्यापक पोखरेललाई भारतको सिक्किममा आफ्नी छोरीको घर गएका बेला गत माघ ६ गते मस्तिष्कघात भएको थियो ।
भाषा विज्ञानका अतिरिक्त उनले कथा, उपन्यास, समालोचना, काव्य आदि साहित्यिक कृतिकाे रचना गरेका छन् | उनी वसन्त, वत्सल, केकेमन्युक्चो पोखरेल, गढतिरे साहिँलो, हिमालपाने बराल आदि विभिन्न नामद्वारा पनि नेपाली साहित्यमा परिचित छन् । पोखरेलको नेपाली साहित्यको विकासमा महत्त्वपूर्ण योगदान रहेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५