नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले युवा विदेशिएको परिस्थिति हेर्दा दिक्क लाग्ने गरेको बताएका छन्।
युवाहरू खाडी मुलुक जान तछाडमछाड गरेको तर आफ्नै देशमा कृषिजन्य उत्पादन वृद्धिका लागि ध्यान नदिएको उनले बताए।भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रममा दाहालले भने‘कहिलेकाहीँ त परिस्थिति हेरेर बडो दिक्क लाग्छ। सबै छाडेर म आफैं खेती गर्न हिँडौं जस्तो नि लाग्छ,।
उनले देश समृद्ध बन्न कृषिमा आधुनिकीकरण हुनुपर्ने बताए । साथै उनले कृषि र शिक्षामा लगानी गर्ने विषयमा सरकारले ध्यान पुर्याउनुपर्ने बताए ।उत्पादन बढाउन रसायनिक मल र विषादी प्रयोग गरेर स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिएको भन्दै दाहालले अर्गानिक खेती गर्न किसानलाई आग्रह गरे।
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५