ललितपुरको एनसेल कार्यालय अगाडि शुक्रबार राति भएको बम विष्फोट घटनाको अनुसन्धानका लागि प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। राति ८ बजे भएको विष्फोटमा परी घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो।
घाइते भएका ललितपुर ४ बागडोल बस्ने २६ को प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत २५ वर्षीया उरुशा मानन्धरको उपचार भइरहेको छ।
ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय गेट अगाडि शुक्रबार साँझ भएको बम विस्फोटमा परी तीन जना घाइते भएकोमा लम्जुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको छ।
घटना कसले गरायो भन्नेबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५