मकवानपुर– मकवानपुरको क्षेत्रीय कारागार, भीमफेदीका जेलर घुस लिँदै गर्दा पक्राउ परेका छन् । चौकीदारसँग ७५ हजार घुस लिँदै गर्दा जेलर मदन अधिकारीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाको टोलीले आज उनलाई घुस लिँदै गर्दा रंगेहात फेला पारेको सूचना अधिकारी देब कुमार राईले बताए ।
जेलर अधिकारीले चौकिदारसँग आफूलाई पैसा दिएर सरुवा गर्दिन्छु भन्दै पैसा मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयेगका सुचना अधिकारी राईले बताए ।
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५