भारतीय प्रधानमान्त्री नरेन्द्र मोदीको बायोपिक बन्दैछ । यस फिल्मको नाम पिएम मोदी हो । फिल्ममा जरीना बहाबले प्रधानमन्त्री मोदीकी आमा हिराबेन मोदीको भूमिका निर्वाह गर्नेछिन् । मोदीकी पत्नी जसोदावेनको भूमिका बरखा विष्ट सेनगुप्ताले निर्वाह गर्दैछिन् ।
सन् १९५६ मा विशाखापट्टनममा जन्मिएकी जरिनाले हिन्दीसँगै तेलुगु र मलायलम भाषाका फिल्ममा काम गरिसकेकी छिन् । पछिल्लोपटक उनी सन् २०१६ मा ‘ये तो टु मच हो गया’ फिल्ममा देखिएकी थिइन् ।
सन् १९७७ मा प्रदर्शनमा आएको फिल्म ‘घरौंदा’ का लागि उनी फिल्म फेयर अवार्डमा उत्कृष्ट अभिनेत्रीको मनोनयमा परेकी थिइन् ।
विवेक ओबराय प्रधानमन्त्रीको भूमिकामा
ऋोमंगकुमारको निर्देशनमा बन्ने यस फिल्ममा मोदीको भूमिका विवेक ओबरायले निर्वाह गर्दैछन
। सुरेश ओबराय र सन्दी एस सिंह यस फिल्मका निर्माता हुन् । यसअघि परेश रावलले मोदीको भूमिका निर्वाह गर्ने तय भएको थियो । तर कारण नखुलाई उनले फिल्म छाडे । यो फिल्म २३ भाषामा रिलिज हुनेछ ।
प्रकाशित मिति: शनिबार, फागुन ४, २०७५