३० फागुन, काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपमा दोस्रो चरणको खेलामा केन्यालाई नेपालले १५५ रनमा समेटेको छ । कीर्तिपुर मैदानमा टस जितेर बलिङ गरेको नेपालले केन्यालाई ४६.१ ओभरमा अल आउट ग¥यो । नेपालका लागि शरद भेषवाकरले सबैभन्दा बढी चार विकेट लिए । त्यस्तै मोहमद आलम र बसन्त रेग्मीले दुई/दुई विकेट लिए भने, सागर पुन र सन्दिप लामिछानेले एक/एक विकेट लिए । अब केही बेरमा नेपालले व्याटिङ गर्नेछ । आज पनि कप्तान पारस खड्का खेलको छैनन् । नेपाली टोली ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदानमा छ । केही दिन अघि पेटको शल्यक्रिया गरेका पारसको स्वास्थ्य अवस्था पूर्णतया फिट भइनसकेकाले केन्यासँगको पहिलो खेलमा पनि उनी खेलेका थिएनन् ।
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७३