२८ फागुन, काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत नेपाल अहिले केन्या विरुद्ध ब्याटिङ्ग गरिरहेको छ । यो समाचार तयार पार्दा सम्म नेपालले ३६ ओभरमा ८ विकेटको क्षतिमा ११२ रन बनाएको छ । केन्याले टस जितेर फिल्डिङ्ग रोजेपछि नेपाल ब्याटिङ्गमा उत्रिएको हो । कीर्तिपुरस्थित मैदानमा जारी खेल डकवर्थ लुईस प्रणाली अुनसार ३८ ओभरमा छोट्ट्याईएको छ । नेपाली टोलीको नेतृत्व ज्ञानेन्द्र मल्लले गरिरहेका छन् । केहि समयअघि मात्र एपेन्डिसाईटिसको शल्यक्रिया गरेका पारस खड्का पुर्ण रुपमा फिट नभएकाले मल्लले कप्तानी गरेका हुन् । बिहान बर्षा भएपछि त्रिबि क्रिकेट मैदानमा बिहान साढे नौ बजे सुरु हुने भनिएको खेल प्रभावित भएको थियो । लिगको पाँचौ स्थानमा रहेको केन्या र एक स्थान तल छैटौंमा रहेको नेपालबिचको खेल दुबैका लागि गर या मरको अवस्थामा छ । तालिकाको शीर्ष चारमा रहने टोलीले आसन्न वन डे क्रिकेटको बिश्वकप छनौट खेल्न पाउने भएकाले दुबै टोलीका लागि महत्वपुर्ण रहेको छ ।
यसैबची पानीका कारण केही बेरका लागि खेल रोकिएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७३