काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा उपाधीको दाबेदार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेण्डस क्लबले गोलरहित बराबरीमा रोकेको छ ।
सातदोबाटोस्थि अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा फ्रेण्डसले आर्मीलाई गोलरहित बराबरीमा रोकेपछि दुवै टोलीले अंक बाँडेका हुन् ।
खेलमा आर्मीको आधा दर्जनभन्दा बढी प्रहारलाई फ्रेण्डसका गोलरक्षक देव लिम्बूले विफल बनाइदिएका थिए ।
यो खेलसँगै ६ खेल खेलेको आर्मी चार जीत र दुई बराबरीसँगै १४ अंक जोडेको छ । लिगको अंक तालिकामा भने आर्मी चौथो स्थानमा यथावत छ ।
त्यस्तै समान खेल खेलेको फ्रेण्डस पनि पाँच अंकका साथ लिगको दशौं स्थानमा यथावत् छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५