इंग्लिस प्रिमियर लिगका छुट्टाछुट्टै खेलमा लिभरपुल र टोटनह्याम विजयी भएका छन् ।
ब्रुन्लीको घरेलु मैदानमा भएको खेलमा ब्रुन्लीसँग एक गोलले पछि परेको अवस्थाबाट लिभरपुलले उत्कृष्ट कमब्याक गर्न सफल भयो । पहिलो हाफ गोलरहित बराबरी भएपनि दोस्रो हाफमा लिभरपुल ३–१ ले विजयी भयो ।
खेलको ५४ औं मिनेटमा कोर्कको गोलमार्फत ब्रुन्लीले अग्रता बनाए पनि खेल जित्न सकेन । लिभरपुलका लागि खेलको ६२ औं मिनेटमा जेम्स मिल्नर, ६९ औ मिनेटमा रोबेर्टो फेरमिन्हो र अन्तिम समयमा जेर्दान साकिरीले गोल गर्दै लिभरपूललाई ३ अंक दिलाउन सफल भए ।
अर्को खेलमा चेल्सी भने उल्भरह्याम्टनसँग दुई एकले पराजित भयो । जारी लिगमा दोस्रो हार ब्यहोर्ने क्रममा चेल्सीले एक गोलको अग्रता जोगाउन सकेन । खेलको १८ औं मिनेटमा लोफ्टुस चिकको गोल मार्फत चेल्सीले अग्रता बनाएको थियो, जुन पहिलो हाफसम्म कायम रहेको थियो ।
तर ५९ मिनेटमा जिमीनेजले गोल गर्दै उल्भ्सलाई बराबरीमा पुर्याए । ८३ औं मिनेटमा फेरी डियोगो जोटाको गोलमा चेल्सी २-१ ले स्तब्ध बन्यो ।
यता टोटनह्यामले साउथह्याम्टनलाई ३-१ ले पाखा लगायो । उसका लागि हेरी केन, लुकास मोउरा र सन हुङ मिङले १/१ गोल गरे ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५