२६ फागुन, काठमाडौँ । विश्व फुटबल वरियतामा नेपाल तीन स्थान माथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ वरियताक्रममा नेपाल तीन् स्थान उक्लदै १ सय ७० औं स्थानमा पुगेको हो । गएको महिना नेपालले दुई स्थान सुधार गरेर १ सय ७३ औँ स्थानमा पुगेको थियो । दक्षिण एशियाली देशमा भने नेपाल चौथो स्थानमा छ । दक्षिण एशियामा भारत पहिलो (१३२), माल्दिभ्स दोस्रो (१४०) , अफगानिस्तान तेस्रो (१५६), भुटान पाँचौ (१७७) र बंगलादेश छैठौँ (१९३) स्थानमा छन् । यस्तै, श्रीलंका सातौं (१९७) र पाकिस्तान (१९८) पुछारमा छ । विश्व वरियतामा अर्जे्न्टिना पहिलो, ब्राजिल दोस्रो र जर्मनी तेस्रो स्थानमा छन् ।
प्रकाशित मिति: बुधबार, फागुन २५, २०७३