काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तिमगर ट्रायल दिन आज बेल्जियम जादैैछन् ।
च्यासल युथ क्लबबाट ए डिभिजन लिग फुटबल खेलिरहेका विमलले बेल्जियमको क्लबमा ट्रायल दिन जान लागेका हुन् ।
मंगलबार बिमलले फेसबुकबाट च्यासल युथ क्लबका सबै खेलाडी तथा अफिसियललाई धन्यवाद दिदै सोचेअनुरुपको नतिजा ननिस्किएपनि आफ्नो डेब्यु ए डिभिजन लिगमा रमाइलो गरेको उल्लेख गर्दै आगामी दिनमा च्यासललाई राम्रो नतिजाका लागि शुभकामना दिएका छन् ।
विमल यसअघि नै बेल्जियम जाने तय भएपनि प्राविधिक कारण रोकिएको थियो । उनले यसअघि पनि बेल्जियमको एन्डरलेच्डबाट ट्रायल दिएका थिए ।
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०७५