यूईएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा इंग्ल्यान्ड र नेदरल्यान्ड्स भिड्ने भएका छन् । युरोपियन फुटबल एसोसिएसनले नेसन्स लिगको सेमिफाइनल ड्र सार्वजनिक गरेको हो ।
ड्रअनुसार सेमिफाइनलमा इंग्ल्यान्डले नेदरल्यान्ड्ससँग आगामी जुन ६ तारिखका दिन प्रतिस्पर्धा गर्ने भएको छ । खेल पोर्चुगलको गुइमरेसमा हुनेछ ।
त्यस्तै, अर्को सेमिफाइनलमा पोर्चुगलले स्विजरल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ । यो खेल जुन ५ तारिखमा पोर्चुगलको पोर्टोमा हुनेछ ।
फाइनल खेल भने जुन ९ तारिखमा पोर्चुगलको पोर्टोमा हुनेछ ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०७५