काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार भएका दुई छुट्टाछुट्टै खेलमा नेपाल आर्मी क्लब र जाउलाखेल युथ क्लबले जीत निकालेका छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई २–१ ले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
आर्मीको जितमा दुबै गोल कप्तान भरत खवासले गरेका थिए । हिमालयन शेर्पाको लागि भने उल्रिस सिइवेले गोल गरेका थिए ।
यस्तै, आइतबार नै हलचोकस्थित एपीएपको खेल मैदानमा भएको खेलमा जाउलाखेल युथ क्लबले ब्रिगेड ब्वाइज क्लबलाई १–० गोलअन्तरले पराजित गरेको छ ।
जाउलाखेलका लागि अरुज सिंहले खेलको ८८औं मिनेटमा गोल गरेका थिए ।
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०७५