काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पाले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।
लिग अन्तर्गत बुधवार भएको खेलमा मछिन्द्र क्लबलाई २–० ले पराजित गर्दै हिमालयन शेर्पाले चार खेलसम्म अपराजित यात्रा कायम राखेको हो । तेस्रो जित हात पारेको शेर्पा चार खेलबाट १० अंक जोड्दै अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ ।
एन्फा कम्प्लेक्समा भंएको खेलमा हिमालयन शेर्पाले दुवै हाफमा एक–एक गोल गरेको थियो । खेलको २१औँ मिनेटमा आशिस गुरुङ र खेल सकिन एक मिनेट अगाडि कर्ण लिम्बुले गोल गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०७५