काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा अपराजित यात्रा कायम राख्दै मनाङ मर्स्याङ्दी लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार भएको खेलमा मनाङले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै लिगको शीर्ष स्थानमा पुगेको हो ।
सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मनाङले एपीएफलाई २–१ ले पराजित गर्यो ।
खेलको १९ औं मिनेटमा विदेशी खेलाडी एडीलाजे डोमिडीले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । तर २७ औं मिनेटमा मनाङले एपीएफलाई पेनाल्टीको अवसर दिएपछि एपीएफका नवीन लामाले गोल गर्दै खेल बराबरीमा पुर्याए । तर ४४ औँ मिनेटमा एपीएफको डिफेन्सको गल्तीको फाइदा उठाउँदै मनाङका अञ्जन विष्टले गोल गरे ।
लिगमा लगातार चार खेल जितेको मनाङको १२ अंक भएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०७५