काठमाडौं । पोखरा राइनोजले दक्षिण अफ्रिकाका पूर्वराष्ट्रिय खेलाडी रिचार्ड लेभीलाई आफ्नो टिममा अनुबन्ध गरेको छ ।
एभरेस्ट प्रिमियर लिगका लागि राइनोजले लेभीलाई अनुबन्ध गरेको हो ।
सन् २०१२ मा न्यूजिल्यान्डविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका लेभीले दक्षिण अफ्रिकाका लागि १३ टी–२० खेलेका छन् । ती खेलहरुमा उनले एक शतक र एक अद्र्धसतकसहित २ सय ३६ रन जोडेका थिए । अहिले उनी वेस्टर्न प्रोभियन्स, केप कोब्राज र नर्थमप्टोन्सायरबाट खेलिरहेका छन् ।
लेभीले ४५ बलमा १३ छक्कासहित एक सय १७ रनको कीर्तिमान खेलेका थिए । यो टी–२० इन्टरनेसनलमा त्यतिबेलासम्मको सबैभन्दा बढी रन थियो । साथै टी–२० इन्टरनेसनलमा सर्वाधिक छक्काको कीर्तिमान राख्न पनि उनी सो इनिङबाट सफल भए । आफ्नो दोस्रो म्याचमै न्यूजिल्यान्डविरुद्ध उनले यो सफलता हासिल गरेका हुन् ।
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०७५