काठमाडौं । अस्ट्रेलियाले आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधि उचालेको छ । इंग्ल्याण्डले दिएको १०६ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले १५.१ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो ।
अष्ट्रेलियाका जितमा एस्लिक गार्डनर ३३ तथा कप्तान कप्तान मेग लेनिन २८ रनमा नट आउट रहे भने ओपनर जोडी एल्सा हेलेले २२ तथा बेथ मोनेले १४ रन जोडिन् ।
टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले १९.४ ओभरमा १०५ रन मात्रै बनाएपछि अस्ट्रेलियाले १०६ रनको लक्ष्य पाएको थियो ।
उसका लागि डेन्ले वेटले सर्वाधिक ४३ रन बनाउँदा कप्तान हिथर नाइटले २५ रनको योगदान गरिन् । इंग्ल्याण्डका अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
अस्ट्रेलियाका एस्लिज गार्नरले ३ तथा जोयोरिजा वेरह्याम र मेगान स्यूटले दुई दुई विकेट लिए ।
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०७५