नेपालगञ्ज । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव बिष्टले ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा सम्पन्न हुने बताएका छन् ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्य सचिव बिष्टले प्रतियोगिता सार्नुपर्ने अब कुनै कारण नभएको भन्दै कुनै कारणवश हुन नसके एक बर्षपछि धकेलिन सक्ने बताए ।
आउँदो माघ २५ देखि फागुन ३ गतेसम्म नेपालगञ्जमा हुने गरी तोकिएको प्रतियोगिता सञ्चालनका लागि ६० प्रतिशत भौतिक संरचनाको काम सम्पन्न भैसकेको उनले बताए ।
उनले आठौं प्रतियोगिता अन्तर्गत ४२ करोड रुपैयाँ खर्च हुने जानकारी दिदै त्यसमध्ये १८ करोड प्राप्त भइसकेको र २४ करोड प्राप्त हुन बाँकी रहेको बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०७५