काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत बिहीबार भएको खेलमा च्यासल युथ क्लबले न्युरोड टिम (एनआरटी) क्लबलाई फराकिलो गोलअन्तरले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा च्यासलले एनआरटीलाई ५–१ गोलअन्तरले पराजित गरेको हो । च्यासलको तर्फबाट बिमल घर्तीमगर र अमिर श्रेष्ठले समान २–२ गोल र सन्तोष साहुखलले १ गोल गरे ।
पहिलो हाफमा २–० को अग्रता बनाएको च्यासलले दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । एनआरटीका तर्फबाट मोसोद अग्बोलाले गोल फर्काएर खेललाई ५–१ गोलको स्थितिमा पुर्याए ।
आजको दोस्रो खेल थ्रीस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच हुदैछ ।
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५