काठमाडौं । आइभेरीकोष्ट तथा चेल्सीका चर्चित खेलाडी डिडियर ड्रोग्बाले २० बर्ष लामो फुटबल करिअरबाट सन्यासको घोषणा गरेका छन् ।
४० वर्षीय ड्रोग्बाले फरवार्डको भूमिकामा चेल्सीबाट ३८१ खेलमा १६४ गोल र आइभेरिकोष्टबाट १०५ खेलमा ६५ गोल गरेका छन् ।
चेल्सीलाई चार पटकस्मम इंग्लिस प्रिमियर लिगको उपाधि दिलाउन साथै २०१२ को च्याम्पियन्स लिगको उपाधि जिताउन उनको निकै भूमिका रहेको थियो ।
उनले प्रिमियर लिगको २००६–०७ र २००९–०१० मा गरी दुई पटक गोल्डेन बुट पाएका थिए । ड्रोग्वाले तीन पटकसम्म विश्वकप समेत खेलेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५