क्यामरुनविरुद्धको मैत्रीपूर्ण खेलमा ब्राजिलियन स्टार नेइमार घाइते भएका छन् । मैदानमा आठ मिनेटभन्दा बढी टिक्न नसकेका उनको ग्रोइनको मांसपिण्डमा इन्ज्युरी भएको हो ।
ब्राजिलका टिम डक्टर रोद्रिगो लस्मारले उनको इन्ज्युरी ठूलो नभएको बताएका छन् । उनका अनुसार नेइमारलाई खेल्न असहज भएकाले खेल छोडेका तर केही समयमै परीक्षणपछि उनी निको हुनेछन् ।
झण्डै तीस हजार दर्शकको उपस्थिति रहेको वेलायतको एमके स्टेडियममा भएको खेलमा नेयमार बिना पनि ब्राजिलले क्यारुनलाई १–० ले पराजित गर्यो । नेयमारको स्थानमा मैदान प्रवेश गरेका रिचार्डलिसनले ४५औं मिनेटमा उनले विलियनको पासमा हेड गोल गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५