२५ फागुन, सुनसरी । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफले हात पारेको छ । ईटहरीको डिभिएम मैदानमा आज भएको फाईनलमा एपीएफले सुदुरपश्चिमाञ्चललाई ८ विकेटले पराजित गरेको हो । उपाधिसँगै एपीएफले एक लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता सुदुरपश्चिमाञ्चलले ५० हजार रुपैयाँमा चित्त बुझायो । ५८ रनको लक्ष्य एपीएफले मात्र १४ ओभर एक बलमा २ विकेट गुमाएर पुरा र्गयो । सरिता मगरले नटआउट २२ रन बनाएको इनिङ्समा सिता राना मगरले १६ रन जोडिन् । यसअघि टस जितेर ब्याटिङ गरेको सुदु्रपश्चिमाञ्चलले निर्धा्रित ओभरमा ७ विकेट गुमाएर ५७ रन बनायो । सम्झना खड्काले १६ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन । एपीएफकी रीतु कनौजियाले सर्वा्धिक ३ विकेट लिईन । घरेलु क्रिकेटको गतिविधी शुन्य रहेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद राखेपले प्रतियोगिताको आयोजना गरेको हो ।
प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७३