काठमाडौं । इंग्ल्यान्ड युईएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा क्रोएसियालाई २–१ ले पराजित गर्दै इंग्ल्याण्डले सेमिफाइनलमा स्थान बनाएको हो ।
इंग्ल्यान्डका लागि जेसी लिंगार्ड र कप्तान ह्यारी केनले एक एक गोल गरे भने क्रोएसियाका आन्द्रेज क्रमारिचले एक गोल फर्काएका थिए । पहिलो हाफ भने दुबै टिमले गोलरहित बराबरी खेलेका थिए ।
तर दोस्रो हाफको ५७ औं मिनेटमा क्रमारिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । खेलको ७८ औं मिनेटमा लिंगार्डले गोल गर्दै इंग्ल्यान्डलाई बराबरीमा ल्याए भने ८५ औं मिनेटमा कप्तान ह्यारी केनले गोल गरेपछि इंग्ल्यान्ड २–१ ले विजयी भयो ।
जितपछि इंग्ल्यान्डले लिग ‘ए’ समूह ४ बाट ४ खेलमा ७ अंक बनाउँदै सेमीफाइनलमा स्थान बनाएको हो ।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०७५