पोखरा । चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधि पोखरा पल्टनले जितेको छ ।
पोखरा रंगशालामा टस जितेर पहिले बलिङ रोजेको पोखराले चितवनले दिएको १६१ रनको लक्ष्य ७ विकेट गुमाउँदै १९ ओभर २ बलमा भेटाएको हो ।
पोखरा पल्टनका लागि रविइन्दर सिंहले सर्वाधिक ९० रन बनाए । उनले ५८ बलमा १३ चौका र ३ छक्काको सहयोगमा ९० रनको योगफल जोडे । मोहम्मद नावीदले २५ रनको योगफल तयार पार्दा कप्तान शरद भेषावकरले २२ रन बनाए ।
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०७५