काठमाडौं । सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिका लागि चितवन राइनोज र पोखरा पल्टन फाइनलमा पुगेका छन् । फाइनल खेल मंगलबार हुनेछ ।
आइतबार पोखरा रंगशालामा भएको खेलमा चितवनले काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । यसअघि लिगको शीर्ष स्थानमा रहदै पोखरा पल्टन फाइनलमा प्रवेश गरिसकेको छ ।
आजको खेलमा काठमाडौंले दिएको ९५ रनको सामान्य चुनौती पछ्याएको चितवनले १८.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । चितवनका लागि स्मित पटेलले ३८ र हरिशंकर शाहले २६ रन बनाए । त्यस्तै आरिफ शेखले अविजित २० रन बनाए ।
प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०७५