पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल प्रवेशका लागि काठमाडौं रोयल्सले चितवन राइनोजलाई ९५ रनको सामान्य लक्ष्य दिएको छ ।
आइतबार बिहान भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर सकिन ३ बल बाँकी छँदा सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।
काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३० र जयकृशन कोल्सवालाले २५ रनसहितको दोहोरो अंक जोडे पनि अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
मंगलबार हुने फाइनल खेलका लागि यसअघि पोखरा पल्टन फाइनल प्रवेश गरिसकेको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०७५