काठमाडौं । आईसीसी विश्व टी–ट्वान्टी एसिया छनोट समूह बी को उपाधि नेपालले जितेको छ ।
शुक्रबार सिंगापुरलले नेपाललाई मात्र ८२ रनको लक्ष्य दिएको थियो । तर, नेपालले ३ बलमा एक विकेट मात्रको क्षतिमा १ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।
लगातारको वर्षाका कारण खेल हुन नसकेपछि रन रेटका आधारमा नेपाल विजेता बनेको छ ।
लगातार पाँच खेल जितेका दुबै टिमको समान अंक भए पनि नेट रन रेटमा नेपाल निकै अगाडि रहेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५