काठमाडाैं । आईसीसी विश्व टी–ट्वान्टी एसिया छनोट समूह बी अन्तर्गत नेपालसँगको खेलमा सिंगापुर ८१ रनमा समेटिएको छ ।
क्वालालम्पुरस्थित वायुमस ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले १७.३ ओभरमा ८१ रन मात्र बनाउन सक्यो । खेलमा नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए । सन्दिपले ३.३ ओभर बलिङ गर्दा १६ रन खर्चिए । योसँगै लामिछानेले बसन्त रेग्मी र विनोद दासको एकै प्रतियोगितामा धरै विकेट लिने रेकर्ड तोडेका छन् ।
यस्तै करण केसी र सोमपाल कामीले २/२ तथा ललित राजबंशी र बसन्त रेग्मीले १/१ विकेट लिए ।
सिंगापुरका लागि सुरेन्दर चन्द्रमोहनले सबैभन्दा धेरै २५ रन बटुले । तीन खेलाडीबाहेक सिंगापुरका अरुले दोहोरो अंकको रन बटुल्न सकेनन् ।
समान अंक सहित शीर्ष स्थानमा रहेका नेपाल र सिंगापुरबीचको खेलपूर्व नै यी दुई टिम अघिल्लो चरणका लागि छनोटमा परिसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५