काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबको विजयी सुरुवात भएको छ ।
एन्फा कम्प्लेक्समा बिहीबार भएको ललितपुरे डर्बी खेलमा थ्री स्टारले एनआइबीएल फ्रेण्ड्स क्लबलाई २–१ ले पराजित गर्यो ।
दुवै हाफमा एक–एक गोल गरेको थ्री स्टारका लागि पहिलो हाफको १४औं मिनेटमा रन्जन विष्टले गोल गरे भने दोस्रो हाफको ८१औं मिनेटमा बुद्ध चेम्जोङले गोल गरे ।
८८औँ मिनेटमा फ्रेण्ड्सका लागि विकास लामाले एक गोल फर्काए पनि पराजय टार्न पर्याप्त हुन सकेन ।
यो जीतसँगै थ्री स्टारले ३ अंक जोडेको छ ।
प्रकाशित मिति: बुधबार, असोज २४, २०७५